४ कार्तिक २०८३, बुधबार

समाजको अर्को चित्र : रगतकै नाताभित्र बलात्कारको कहर

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । मुलुकका विभिन्न ठाउँमा भएका बलात्कारका घटना भयावह छन् । जसका विरोध र अनुसन्धानका पाटामा सुरक्षा संयन्त्रसहित सरकारलाई चुनौतिका आवाज उठ्न थालेका छन् ।

बलात्कार आफैंमा अपराधको चरम रूप हो । पात्र र प्रवित्ति अनि सम्बन्धका आधार फरक–फरक छन् । बलात्कारको एउटा सूक्ष्म पाटो हो– हाडनाता करणी । बाबुद्वारा छोरी, दाजुद्वारा बहिनी, ससुराद्वारा बुहारी बलात्कार भन्ने शीर्षकमा आउने समाचार दिनदिनै आउने गरेका छन् ।

अर्कातिर हाडनाता सम्बन्ध पनि हुन्छ । जसरी बलात्कारका सवाल आउँछन् त्यसरी नै तिनै सम्बन्धबीच मिलोमतो र राजीखुसीका सम्बन्धका विषयका उजुरी प्रहरीसम्म कम छैनन् ।

सम्पर्क र सम्बन्धका लागि सहज बनाएको प्रविधिको पहुँच एकातिर छ भने आवश्यकता आपूर्ति गर्ने व्यक्ति अभावमा पनि शारिरीक सम्बन्ध स्थापित हुने गरेका पर्याप्त उदाहरण छन् ।

उदयपुरका एकजना प्रधानाध्यापकलाई प्रहरीले हाडनाता करणी आरोपमा पक्राउ गरेको थियो । जाँते–८ स्थित महेन्द्रज्योति प्रावि हिम्माका प्रअ खड्गबहादुर कार्की (बाबुराम) आफ्नै काकी पर्ने महिलामाथि जबरजस्ती गरेको आरोपमा प्रहरीको फन्दामा परेका थिए ।

एक्लै रहेका बेला ४२ वर्षीया महिलामाथि एक महिनाअघि कार्कीले जबरजस्ती गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । नातामा काकी पर्ने पीडित महिलाको उजुरीपछि उनलाई पक्राउ गरिएको थियो ।

पीडितका अनुसार केही वर्षअघिदेखि नै श्रीमान जेठी श्रीमतिसँग अलग्गै बस्दै आएको र एक मात्र छोरा पनि वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेकाले आफु घरमा एक्लै रहेको मौका पारी जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख थियो ।

यस्तै, पर्साको निर्मलवस्ती गाविसका ५० वर्षिय पदमबहादुर स्याङ्तान प्रहरी थुनामा पर्नुको कारण थियो– बुहारी बलात्कारको अपराध । पदमका जेठा छोरा रोजगारीका सिलसिलामा मलेशियामा रहेका बेला २४ वर्षिया बुहारीलाई पटकपटक यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेको थियो ।

४ छोरी र ३ छोराका वावुलाई नातामा आफ्नै वुहारी पर्नेलाई बलत्कार गरी गर्भ बोकाएको आरोपमा एक बृद्ध जेल पुगे । रामेछापको चनखुको यो घटना पनि प्रतिनिधि हो ।

चनखु–४ का ५५ बर्षीय फौदसिं खत्रीलाई २३ बर्षीया बुहारीलाई बलात्कार गरी गर्भ बोकाएको अभियोगमा गाउँलेले पक्राउ गरी बुझाएका हुन् । दुईलाई जिल्ला प्रहरी कार्यालयसम्म ल्याउन करिब ७० जना गाउँले पुगेका थिए ।

पानी लिन भनी पधेरामा पुगेकी एक सन्तानकी आमालाई फौदसिंले समाएर बलात्कार गरेको आरोप महिलाले लगाएकी छन् । जिल्ला प्रहरी कार्यालयमा पुगेकी ति महिलाले ससुराले पधेरामा समाएर टोपीले मुख छोपी बलात्कार गरेको बताएकी थिइन् । पीडक भनिएकाले डिएनए परिक्षणको माग राखेका थिए ।

यस्तै, बुहारी बलात्कार गरेको आरोपमा उदयपुरमा एक मामा ससुरालाई प्रहरीले पक्राउ गरेको थियो । त्रियुगा नगरपालिका–१४ साउने बरगाछी स्थित सिरुडाँडाका स्थानीय शिब राईलाई उजुरीको अधारमा बिहिवार त्रियुगा–११ चप्पन जङ्गलबाट पक्राउ गरिएको थियो ।

राईले नातामा भान्जी बुहारी पर्ने एक स्थानीय महिलालाई जबरजस्ती करणी गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

नेपाली समाजमा हाडनाता करणीका कयन घटना दैनिकजसो हुने गरेका छन् । र, आफ्ना पति वैदेशिक रोजगारीमा रहँदा सहज सम्बन्ध बनाउनका लागि ससुरा अथवा नजिकका आफन्तसँग सम्बन्ध स्थापित गरेका कयन घटनाहरू दैनिक जसो हुने गरेको छ ।

नेपालमा दैनिक तीन बलात्कार हुने गरेको प्रहरीसम्म आएको उजुरीको आधारमा निकालिएको तथ्यांक हो । यसबाहेक कति बलात्कार हुन्छन् ? यतिमात्र होइन, सहमतिको सम्बन्ध स्थापित गराउने आफन्त पनि कम छैनन् । प्रायः सहरमा भन्दा यस्ता घटना ग्रामिण भेगमा भएको घटना सार्वजनिक हुने गरेको छ । विस्तारै प्रविधिको पहुँचमा पुगेको तर ग्रामिण संरचना र सामाजिक बनोटका आधारमा घटनाका रहस्योद्घाटन हुने गरेका ‘केश स्टडी’हरूमा पाइन्छ ।

बलात्कार वा हाडनातामा सम्बन्ध राख्ने हरेक पात्र मानसिक रोगी नै हुन् । रगतको सम्बन्ध रहेकाहरूसँग ‘हवस’को सम्बन्ध पनि कायम राख्ने मानसिक रोगी हुन् । जबरजस्ती गर्ने वा सहमतिमै राखे पनि मानसिक रोगी भएको मनोविद्हरू बताउँछन् ।

मानिस चेतनशील, कानुनी दायरा, सामाजिक परिधिको पनि ज्ञाता हुने भएकाले हाडनातामा राखिने जबरजस्तीको सम्बन्ध पागलपनको एउटा उदाहरण भएको बताइन्छ ।

जबरजस्ती करणी गर्ने वा बलात्कार गर्ने त पूर्ण रूपमा मानसिक रोगी नै भएको मनोविद तथा यौन र सम्बन्धका विषयमा सुझाव दिइरहेकी विशेषज्ञ करूणा कुँवरले बताउने गरेकी छन् ।