२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकले शुरु गर्‍यो अष्ट्रेलियन डलरको बिक्री

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । एनआईसी एशिया बैंक लिमिटेडले अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ । बैंकले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर बिक्रि शुरु गरेको हो ।

बंैकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको बैंकले जनाएको छ । बैंकले प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको पनि जनाएको छ ।

बंैकले बिदा मनाउन, अध्ययन गर्न र अन्य विभिन्न सिलसिलामा विदेश जाने नेपालीहरूका लागि लक्षित गरी मुद्राको सरल सटहीको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । काठमाडौं उपत्यकाका सबै शाखाहरूमा आवश्यकता अनुसार नै अष्ट्रेलियन मुद्रा लगायत अन्य विदेशी मुद्राहरु उपलब्ध भएको पनि बैंकले जनाएको छ ।

बंैकले काठमाडांै भित्रका सम्पूर्ण ४४ शाखा कार्यालयहरूमा यो सेवा उपलब्ध रहेको जनाएको छ । काठमाडौं उपत्यका भित्र त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक,बत्तीसपुतली, कीर्तिपुर, सातदोेबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट, गोल्फुटार, गोठाटार, मनमैजु, सितापाइला, टोखा, भैंसेपाटी, थली, दुवाकोट, बालकोट, पुरानो ठिमी, सतुंगल, कोटेश्वर, चाबहिल र सोह«खुट्टेमा रहेका छन् ।