४ कार्तिक २०८३, बुधबार

भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । नेपाल भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समय एक÷एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगको थियो ।

पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना रानामगरको उत्कृष्ट प्रदर्शनले नेपाल फाइनल पुग्न सफल भयो । रानामगरले भारतको दुई पेनाल्टी रोकिन् भने एक गोल गर्न सफल भइन् । नेपालका रेखा पौडेल र मनिषा राउतले पेनाल्टीमा गोल गरिन् । पूजा रानाको प्रहार गोलमा परिणत हुन सकेन । भारतका टुडु जाबमानीले एक गोल गरिन् ।

यसअघि रश्मीकुमारी घिसिङको गोलबाट १६ औँ मिनेटमा अग्रता लिएको नेपालले ६३ औँ मिनेटमा गोल खाएको थियो । भारतकी समीक्षाले ६३ औँ मिनेटमा गर्दै खेल बराबरीमा ल्याइन् । -रासस