२१ कार्तिक २०८३, शनिबार

अपाङ्गतामैत्री कानून बनाउछौँ : मन्त्री रावल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १९ असोज । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री कानून निर्माणमा जोड दिने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा शुक्रबार सुर्खेतमा आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री रावलले अपाङ्गता भएका व्यक्तिको हितमा सरकारले नीति तथा कानून बनाउने उनले जनाए ।

‘समाजको सबैभन्दा संरक्षणको पर्खाइमा रहेको विपन्न वर्गले परिवर्तनको महसुस गर्नुपर्दछ,’ उनले भने, ‘यसका लागि सामाजिक न्यायको अनुभूति दिलाउने कानून निर्माण गर्छौं ।’

उनले अपाङ्गता अधिकारसम्बन्धी महासन्धि अनुमोदन, नेपालको संविधान, अपाङ्गता अधिकार ऐनदेखि विभिन्न कानून केन्द्रीयस्तरमा बनिसकेको हुँदा कार्यान्वयन गर्न र प्रदेशमा रुपान्तरण गर्नमा समेत पहल गर्ने बताए । नेपालको परिवर्तनमा अपाङ्गता आन्दोलन नागरिक आन्दोलनका रुपमा अघि बढेको उनको तर्क थियो ।