४ कार्तिक २०८३, बुधबार

पप्पु कन्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्धा दायर, सांसद रौनियार स्वतः निलम्बनमा

8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोपराइटर हरिनारायण रौनियारसहित १२ जना विरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रोपराइटर रौनियार संघीय समाजवादी फोरमको तर्फबाट प्रतिनिधिसभा निर्वाचित सांसद हुन् । उनी पर्सा ३ बाट निर्वाचित भएका थिए । भ्रष्टाचार मुद्दा दायर भएसँगै कानुनी रुपमा रौनियारको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

कन्ट्रक्सनले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा भ्रष्टाचार गरेको पाइएपछि शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

नविन पौडेल अख्तियार प्रमुख भएसँगै सक्रियता बढाएका छन् । उनले भ्रष्टारमा संलग्न जो कसैलाई पनि नछोडिने तर, आयोजनाको काम भने नरोकिने बताएका छन् ।