४ कार्तिक २०८३, बुधबार

किष्ट बैंकका तत्कालीन प्रबन्धक सञ्चालक ज्ञवाली पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।

बैंकिङ कसुर मुद्दामा फरार रहेका ज्ञवालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले बिहीबार भारतबाट पक्राउ गरेको जनाएको छ ।

२०७३ जेठमा उनलाई उच्च अदालत पाटनले बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर्‍याएको थियो । दोषी ठहरिएका ज्ञवालीलाई अदालतले चार वर्ष कैद र साढे चार करोड जरिवाना सुनाएको थियो । अदालतको यस फैसलासँगै उनी फरार थिए ।

ज्ञवालीले गैरकानूनी ढंगबाट ठूलो रकमको ऋण स्वीकृत गरेका थिए ।

पक्राउ परेका ज्ञवालीलाई चाँडै नै अदालतमा उपस्थित गराइने बताइएको छ ।