
काठमाडौं, १९ असोज । भारतीय अलराउण्डर रविन्द्र जडेजाले टेस्ट क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् ।
उनले शुक्रबार वेस्ट इंडिजविरुद्ध १३२ बलमा शतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ५ छक्का र ५ चौका हिर्काए ।
उनले भारतका लागि ५६ औं पारीमा शतक लगाएका हुन् ।
यससँगै वेस्ट इंडिजविरुद्धको पहिलो पारीमा भारतका तीन ब्याट्सम्यानले शतक लगाएका छन् । पृथ्वी शो, कप्तान विराट कोहली र रविन्द्र जडेजाले शतक प्रहार गरेका हुन् ।















प्रतिक्रिया