४ कार्तिक २०८३, बुधबार

क्रिष्टियानो रोनाल्डो टिमबाट आउट ’

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ असोाज । क्रिष्टियानो रोनाल्डो यो महिना हुने पोल्याण्ड र स्कटल्याण्डसँगको खेलका लागि पोर्चुगलको टिममा परेका छैनन् ।

युभेन्टसका स्टार खेलाडी रोनाल्डोलाई गएको महिना भएको युइएफए नेशन्स लिग अन्तर्गत पनि राष्ट्रिय टिमबाट आराम दिइएको थियो ।

त्यो बेला पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई युभेन्टसमा समायोजन हुनका लागि समय चाहिएकाले आराम दिइएको बताएका थिए ।

रोनाल्डोलाई नेशन्स लिग अन्तर्गत अक्टोबर ११ मा हुने पोल्याण्डसँगको खेल तथा अक्टोबर १४ मा हुने स्कटल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि पनि टिममा राखिएको छैन ।

रोनाल्डोले भविष्यमा राष्ट्रिय टिममा योगदान दिने र त्यसबाट कसैले रोक्न नसक्ने प्रशिक्षक सान्तोसले बताएका छन् ।

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप र त्यसको अनुसन्धानमा समय दिनु पर्ने भएकाले उनलाई राष्ट्रिय टिममा आराम दिइएको अनुमान छ । एजेन्सी