
काठमाडौं, १८ असोज । श्रम गरी दिने भन्दै हैरानी दिने एक जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडस्थित श्रम कार्यालयमा वैदेशिक रोजगार जाने व्यक्तिहरुलाई श्रम गरी दिने भन्दै हैरानी दिने चन्द्रागिरी नगरपालिका–१४ का २४ वर्षीय उज्वल पन्थी सहित १२ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सेवाग्राहीलाई बाटो छेकेर अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।












प्रतिक्रिया