४ कार्तिक २०८३, बुधबार

१८ वर्षीय पृथ्वीले लगाए डेब्यू टेस्टमै शतक, बन्लान् त भारतका अर्का ‘लिटिल मास्टर’ ?

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । पृथ्वी शोले पहिलो टेस्ट म्याचमै धमाका मच्चाएका छन् । उनले राजकोटमा वेस्ट इंडिजविरुद्ध भारतका लागि पृथ्वी शोले आफ्नो पहिलो पारीमै टेस्ट शतक प्रहार गरेका हुन् ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको भारतीय टीमका लागि पृथ्वीले सानदार खेले । उनको निर्भिकता देखेर मानिसहरुले भन्न थालेका छन् कि पृथ्वी परिपक्क ब्याट्सम्यान हुन् । तर, उनी भर्खर १८ वर्षका भए ।

तपाईलाई स्मरण होस् उनको ब्याटबाट सबैभन्दा पहिले तीन रन निस्केको थियो । त्यसपछि उनले चौका र छक्का समेत लगाए । उनले मात्र ५६ बलमा अर्धशतक लगाएका थिए ।

उनी यतिबेला १०३ रनमा खेलिरहेका छन् । उनलाई कतिपयले त भारतका अर्का लिटिल मास्टर समेत भन्न थालेका छन् ।

तर, केहीले हतारिएर सचिन वा विराटसँग तुलना गरिहाल्न नहुने समेत बताएका छन् ।