
काठमाडौं, १७ असोज । ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंको अवशरमा ‘रू. १० मा हवाई यात्रा, आइएमई पेमा मात्र’ स्किम सार्वजनिक गरेको छ ।
आइएमईले आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको हो ।
उक्त स्किम अन्तर्गत बुद्ध, यती, तारा, सौर्य, श्री र सिम्रिक एयरलाइन्समा नेपालभरका विभिन्न गन्तव्यका लागि आइएमई पे बाट टिकट खरिद गर्ने यात्रु महानुभावहरूमध्ये प्रत्येक दिन ६ (छ) जना भाग्यशाली विजेताले दश रुपैयाँ वाहेकको अन्य हवाई शूल्क उपहार स्वरूप ‘आइएमई पे’ वालेटमै फिर्ता पाउने छन् ।
यो योजना असोज १७ गतेदेखि ३१ गतेसम्म (१८ दिन) कायम रहने आइएमईले जनाएको छ ।















प्रतिक्रिया