२ कार्तिक २०८३, सोमबार

पत्रकार महासंघका जिल्ला अध्यक्षबाट बाबुको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Bhattaनरी बडु

बैतडी, १० माघ । नेपाल पत्रकार महासंघ वैतडी शाखाका अध्यक्ष नरेन्द्र भट्टले बाबुको स्मृतिमा पत्रकारिता पुरस्कारको घोषणा गरेका छन् ।

सुदूरपश्चिममै पहिलोपटक बैतडीमा एकलाख अक्षयकोष स्थापना गरी उनले स्व. गणेशदत्त भ्टट स्मृति पत्रकारिता पुरस्कार २०७१ घोषणा गरेका छन् । “बाबुको वार्षिक तिथिमा बैतडीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको प्रमुख आतिथ्यमा उनले पुरस्कार घोषणा गरेको उनले दैनिक नेपाललाई जानकारी दिए । नरेन्द्र स्व गणेशदत्त भट्टका एक्लो छोरा हुन् ।

सुदूरपश्चिमका क्रियाशील पत्रकारहरु मध्येबाट बार्षिक एकजना क्रियाशील पत्रकारलाई पुरस्कार दिइने अध्यक्ष नरेन्द्र भट्टले जानकारी दिए । कटौजपानी गाविस वडा न ३ कफलकोटमा २००८ सालमा जन्मनु नरेन्द्रका पिता गणेशदत्तले सामाजिक न्याय तथा स्थानीय संचारमाध्यम स्थापनामा महत्वपूर्ण योगदान गर्नु भएको थियो । सामाजिक क्षेत्रमै क्रियाशिल रहेका बेला २०७० माघ १८ गते उहाँको निधन भएको थियो ।

बाबुको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा आफू निकै खुसी भएको नरेन्द्र बताउँछन् । उनको कार्यलाई वैतडीका सर्वसाधारणले प्रशंसा गरेका छन् ।