
काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटमा म्यानमारले नेपाललाई रनको झिनो लक्ष्य दिएको छ । बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रनमा अलआउट भयो ।
म्यानमारको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । उनले २ ओभरमा ३ रन मात्र खर्चिए । यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिन लिदा ललित भण्डारी र करण केसीले १–१ विकेट लिए । राजवंशील ३ ओभरमा २ मेडन राख्दा ३ रन खर्चिए ।
म्यानमारका लागि लिन आउङले सबैभन्दा बढी १६ रन जोडे । उनले २० बलमा २ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । म्यानमारका ६ ब्याट्सम्यान शून्य रनमा अलआउट भएका थिए ।
छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणका लागि छनोट हुनेछन् । छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल यही असोज २० गते मलेसियासँग खेल्नेछ ।















प्रतिक्रिया