२९ आश्विन २०८३, बिहिबार

अनुष्का बनिन् ‘मिस टिन कलेज’ सुन्दरी (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Miss-Teen-College

काठमाडौँ । ‘टिभीएस् जुपिटर मिस टिन कलेज दोस्रो संस्करण’ को उपाधि बाँसबारी काठमाडौंकी १६ वर्षीया अनुष्का थापाले चुम्न सफल भइन ।

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको प्रतियोगितामा आफ्ना २१ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । चाँदबाग स्कुलमा ११ कक्षामा पढ्दै गरेकी थापाले सो उपाधिसँगै ‘बेष्ट ड्रेस’को उपाधि पनि हात पारिन् । मिस टिन कलेजको उपाधि जितेबापत उनलाई सुरेश रायमाझीले टिभिएस जुपिटर स्कुटर प्रदान गरे । उनले १५ हजार वरावरको सेलकन मोवाइल फोन, फेशन सेन्टर भाटभटेनीको तर्फवाट १० हजार बराबरको साडी पाइन भने फ्लाइस्काई एयर होस्टेजको तर्फवाट २५ हजार बरावरको एयरहोस्टेज पढ्ने पाउने अवसर हात पारिन ।

Anuska-Miss-Teen-College

उत्कृष्ट पाँचको चयन पछि अन्तिममा सोधिएका छोरीलाई शिक्षाको महत्व बारेको प्रश्नमा सबैभन्दा उत्कृष्ट जवाफ दिएर अनुष्काले यो उपाधि जितेकी हुन् । यो उपाधिले आफुलाई जीवनमा अझ धेरै सफलता हासिल गर्ने प्रेरणा मिलेको उनले बताईन् ।

सिजन मिडियाद्धारा आयोजित प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि बागबजारकी १७ वर्षीया रिजु जोशीले जितिन् । क्याम्पियन कलेजमा ११ कक्षामा पढ्दै गरेकी जोशीले उपाधिसँगै विभिन्न उपहारहरु १५ हजार बराबरको सेलकन मोवाइल फोन , फेशन सेन्टर भाटभटेनीको तर्फबाट १० हजार वराबरको साडी पाइन भने फ्लाइस्काई एयर होस्टेजको तर्फवाट २५ हजार बराबरको एयरहोस्टेज पढने पाउने अवसर पनि प्राप्त गरिन् ।
Miss-Teen-College1

कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि जोरपाटी नारायणटारकी १९ वर्षीया प्रिया श्रेष्ठले हासिल गरिन् । उनले उपाधिसँगै विभिन्न उपहार प्राप्त गरेकी थिइन् । प्रियाले ‘भिवर्स च्वाइस’को उपाधिसँगै मिस ट्यालेन्टको अर्को उपाधि पनि सो प्रतियोगितामा हात पारिन । साथै उनीले पनि १५ हजार वरावरको सेलकन मोवाइल फोन, फेशन सेन्टर भाटभटेनीको तर्फवाट १० हजार बराबरको साडी पाइन भने फ्लाइस्काई एयर होस्टेजको तर्फवाट २५ हजार बराबरको एयरहोस्टेज पढेन पाउने भइन ।

‘टिभिएस् जुपिटर मिस टिन कलेज दोस्रो सँस्करण’मा अन्य विभिन्न उपाधि पनि राखिएको थियो । जस अन्तर्गत ‘व्युटिफुल आईज’को उपाधि सुजना रानाभाटले हाँसिल गरिन् । ‘फेसबुक मल्टिमिडिया’को उपाधि निकिता श्रेष्ठले प्राप्त गरिन । ‘अर्गनाइजर च्वाईस अवार्ड’ सुस्मा बिष्टले जितिन् । यस्तै ‘मिस पपुलर’को उपाधि स्मारिका थापाले हात परिन् ।

यसैगरी कार्यक्रममा ‘मिस डिसिप्लेन’को उपाधि सुनु तामाङले प्राप्त गरिन भने ‘मिस फेन्डसिप’को उपाधि छिरिङ डोल्मा पाख्रिनले हासिल गरिन् । ‘बेष्ट वाक’को उपाधि सुनिता श्रेष्ठले पाइन भने ‘मिस स्माइल’को उपाधि निशा आचार्यले हासिल गरिन ।

यस्तै ‘मिस फोटोजेनिक’को उपाधि एञ्जिला रानाले प्राप्त गरिन् । ‘मिस पर्सनालिटी’को उपाधि शुष्मा बिष्टले पाइन् ।
कलेजमा पढ्दै गरेका किशोरीहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिको लागि सिजन मिडियाले गत वर्षबाट यो प्रतियोगिता सुरु गरेको आयोजक सँस्थाका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बताए ।

यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । कार्यक्रममा मनोरञ्जन प्रधान तुल्याउन विभिन्न कलाकारले नृत्य एवं गीत समेत प्रस्तुत गरेका थिए ।

Miss-Teen-College2

कार्यक्रमको निर्णायकमा चलचित्र निर्देशक आकाश अधिकारी, सञ्चारकर्मी गणेश पाण्डे, नेशनल कलेजका निर्देशक राजेन्द्रप्रसाद कोइराला, मिस नेपाल इन्टरनेशनल– २०१२ सुभेच्छा खडका, मिस इ कलेज २०१३ प्रज्ञा लामिछाने र क्याम्पिएन एकेडेमीका प्रिन्सिपल नविनमान श्रेष्ठ थिए ।