२१ कार्तिक २०८३, शनिबार

दशैँअघि नै धमाधम सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, १६ असोज । सल्यानमा स्थानीय तहहरुले दशैंअघि नै सामाजिक सुरक्षा वापतको रकम प्रदान गर्ने प्रयासमा जुटेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाले भने सामाजिक सुरक्षा वापतको रकम सम्बन्धित वडा कार्यालयहरुमा पठाइसकेको जनाएको छ । यद्यपी कतीपय स्थानीय तहले समयमै रकम निकासा नगर्दा पैसा लिएर दशैं मनाउने नागरिकको चाहना अधुरै रहने देखिएको छ ।

कपुरकोट गाउँपालीकाले यस आर्थिक वर्षको पहिलो चौमासिकका लागि सामाजिक सुरक्षा वापतको रकम ६२ लाख ३६ हजार ४ सय रुपैयाँ ६ वटै वडा कार्यालयहरुको खातामा जम्मा गरिसकेको लेखापाल बरुण डाँगीले जानकारी दिएका छन् । वडा कार्यालयको खातामा सामाजिक सुरक्षा वापतको रकम गइसकेकाले तुरुन्तै निकालेर घटस्थापना अघि नै नागरिकलाई सरल तरिकाले वितरण गर्न गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले वडा सचिवहरुलाई निर्देशन गरेका छन् ।

यस्तै त्रिवेणी गाउँपालिकाले पनि दशै अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रयासमा रहेको जनाएको छ । यद्यपी त्रिवेणीले हाल सम्म पनि वडामा रकम पठाउन सकेको छैन ।

जिल्लाकै छत्रेश्वरी गाउँपालिकाले पनि दशैँ अघि भत्ता वितरण गर्न भ्याउने वा नभ्याउने अझै टुंगो छैन । सम्बन्धित वडाबाट अद्यावधिक लगत आइनसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए । उनले आफ्नो गाउापालिकामा एक वर्षमा २ करोड ५० लाख बढि सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको जनाए ।