
काठमाडौं, १६ असोज । बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले युएईलाई पराजित गरेको छ ।
मंगलबार बंगलादेशको क्रिरा शिख मैदानमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।
युएईले दिएको २६९ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो ।
नेपालको यो पहिलो जित हो । यद्यपी नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिसकेको छ ।
नेपालको जितमा रोहित पौडेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले । रोहितले ८९ रनक उत्कृष्ट प्रदर्शन गर्दा सन्दीपले ६८ रन जोडे । त्यस्तै कप्तान आसिफ शेख ३५ रनमा नटआउट रहे ।
बलिङतर्फ युएईका लागि आर्यन लक्रा र आरोन बेन्जामिनले समान २/२ विकेट लिए ।















प्रतिक्रिया