२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बि.आई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार एन.बि.आईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन.बि.आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे । बैंकमा हाल करिब ९ सय ९५ कर्मचारी रहेका छन् ।

बैकका हालसम्म ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानवाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।