४ कार्तिक २०८३, बुधबार

दुई बलमा जितेको त्यो म्याच

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । सन् २००६ को अगस्ट २० तारिख नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन हो । एसीसी ट्रफी अन्त‍र्गत म्यानमारविरुद्धको खेल ऐतिहासिक हुनुको एउटै कारण हो- विश्व किर्तिमान । समूह ‘सी’मा रहेको नेपालले सानदार खेल प्रदर्शन गरेको थियो । चौथो खेलमा म्यानमार प्रतिद्वन्द्वी पाएको नेपालले त्यस खेलबाट नेपाली क्रिकेटलाई विश्वसामु चिनाएको थियो ।

उत्कृष्ट लयमा देखिएको नेपालले म्यानमारविरुद्ध सानदार बलिङ गर्‍यो । फलस्वरुप: म्यानमार केवल १२.१ ओभरमै १० रनमा प्याकअप भयो । नेपालको घातक बलिङका कारण म्यानमारका पाँच ब्याट्सम्यान एक रनमा पेभेलियन फर्कन बाध्य भए । अरुले शून्य रनमै क्रिज छाडे ।

त्यतिबेला बलिङतर्फ नेपालका मेहबुब आलम चम्मेका थिए । उनले ६.१ ओभर बलिङ गर्दा ३ रन मात्र खर्चिएर म्यानमारका सात ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए । अन्य तीनलाई विनोद दासले आउट गरे । विनोदले ६ ओभर बलिङ गर्दा मात्र ४ रन दिएका थिए ।

घातक बलिङ गरेको नेपालले जम्मा ११ रनको लक्ष्य पाएको थियो । जुन लक्ष्य नेपालले मात्र दुई बलमै भेट्टायो । दुई बलमा लक्ष्य भेट्टाएसँगै नेपालले विश्व किर्तिमान बनायो । नेपालका लागि महेश क्षेत्री र धिरेन्द्र चन्दले एक/एक बल खेल्दै समान ३-३ रन बनाए । नेपाली ब्याट्सम्यानले ५ रन बनाएपनि बाँकी पाँच रन भने वाइडबाट मिलेको थियो ।

त्यो ऐतिहासिक खेलमा सहभागी भएका चार खेलाडीले अहिले पनि राष्ट्रिय टिमबाट खेल्दैछन् । जसमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी र शरद भेषवाकर थिए ।

लगभग १२ वर्षपछि नेपाली राष्ट्रिय टोलीले बुधबार म्यानमारसँग भेट गर्नेछ । आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र म्यानमारबीच खेल हुन लागेको हो । खेल नेपाली समयअनुसार मध्यान्न १२ बजेपछि मलेसियाको बायुमास ओभलमा हुनेछ ।

नेपालको लक्ष्य उपाधिमै केन्द्रित भएको प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

स्कोरबोर्ड हेर्नुहोस् :