काठमाडौं, १६ असोज । पार्टीभित्रको आन्तरिक विवादले बबण्डर मच्चाइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका प्रचण्ड सोमबार मध्यराति काठमाडौं आएका हुन् ।
सिल्क एयरको उडानबाट प्रचण्ड काठमाडौं ओर्लिएको नेकपाका सचिवालय सचिव एवम् सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
प्रचण्डसँगै उनकी पत्नी र साथमा सिंगापुर गएका सबै फिर्ता भएका छन् । सिंगापुरमा सीता दाहालको उपचार भएको थियो ।
काठमाडौंमा नेकपाभित्र विवाद बढेपछि प्रचण्डले आफ्नो भ्रमण छोट्याएर काठमाडौं आएको स्रोतको भनाइ छ ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अलग भेला राखेपछि तात्तिएको पार्टीभित्रको राजनीतिलाई मत्थर बनाउन प्रचण्डले आफ्नो सिंगापुर भ्रमण छोट्याएको चर्चा छ ।















प्रतिक्रिया