२१ कार्तिक २०८३, शनिबार

जब अरिङ्गालको गोलो विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि खनियो…

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जाजरकोट, १५ असोज । भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो ।

स्थानीयका अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उहाँलाई टोकेर थियो । अन्य साथी भागेर ज्यान जोगाए पनि भाग्न नसक्दा उहाँमाथि अरिङ्गाल खनिएर टोकेका थिए ।

गम्भीर बिरामी परेका उहाँलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको निमित्त प्रहरी प्रमुख इन्द्रजीत सुनारले जानकारी दिनुभयो । –रासस