४ कार्तिक २०८३, बुधबार

आइएमईका प्रिभिलेज कार्ड वाहकलाई एन्टीक फेसन स्टोरमा ३० प्रतिशत छुट हुने

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । आइएमई लिमिटेड र बनेपास्थित एन्टीक फेसन स्टोरबीच सामान खरिदमा छुटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा तीस प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड अनिवार्य रहेको आइएमईले जनाएको छ । छुट असोज १० गतेदेखि १ वर्षसम्म रहने भएको छ ।

सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट मार्केटिङ्ग तथा सेल्स अधिकृत अजय थापा र एन्टीक फेसन स्टोरको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख संजीव प्रजापतिले हस्ताक्षर गरेका छन् ।