४ कार्तिक २०८३, बुधबार

आदिशंकराचार्यद्वारा चन्द्रागिरि केवलकारको भ्रमण

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ असोज । आदिशंकराचार्यले काठमाडौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केवलकारको भ्रमण गरेका छन् । चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक सेयर सदस्य मीनबहादुर गुरुङ्गले आदिशंकराचार्यलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आदिशंकराचार्यले महादेव भालेश्वरको निवासस्थल चन्द्रागिरि पर्वत अत्यन्तै रमणीय र पवित्र रहेको कुरा उल्लेख गरेका छन् । नयाँ योजनाका साथ निर्माण भएको भालेश्वर महादेवको मन्दिर लगायत चन्द्रागिरि परिसरको उपर्युक्त हेरचाह देखेर आफू प्रशत्र भएको उल्लेख गर्दै परियोजना सफलताको शुभकामना व्यक्त गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।