२१ कार्तिक २०८३, शनिबार

बस दुर्घटनामा एकको मृत्यु, ११ घाइते

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १५ असोज । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से १ ख १०२५ नंको बस सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

बस दुर्घटनाबाट घाइते भएकी कैलाली गौरीगङ्गा नगरपालिका–४ राजीपुरकी ७५ वर्षीया ईश्वरी बिनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

उपचारार्थ पद्मा अस्पतालमा भर्ना गरिएका घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त बस अचानक अनियन्त्रित भएर सडकमै पल्टिएर दुर्घटना भएको हो । –रासस