४ कार्तिक २०८३, बुधबार

लोकल कुखुराको मासु र भातले पनि काम गरेन, मन्त्री बिना मगरको यो हो १ नं. झुठ

30.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी एवम् खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले मन्त्री पदको जिम्मेवारी लिँदै गर्दा ठूला र महत्वकांक्षी कार्यक्रम घोषणा गरिन् । तीमध्येको एउटा घोषणा थियो मेलम्चीको पानी दशैँभित्र ल्याउने ।

तर, मेलम्चीको पानी दशैँमा काठमाडौं झर्ने कुनै छाँटकाँट छैन । मन्त्री बिना मगरले चैत ७ गते मेलम्चीको पानी राजधानीका उपभोक्ताको घरघरमा पुग्ने बताएकी थिइन् ।

सस्तो लोकप्रिताका लागि बिना मगरले जनतालाई झुठ बोलेको भनेर सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।

दशैंअघि मेलम्चीको पानी कुनै पनि हालतमा काठमाडौं उपत्यकाका घर–घरमा वितरण हुने छैन । सस्तो लोकप्रियतामा रमाउन थालेकी बिना मगरले दशैँ अगाडि पानी ल्याउने भनेर मेलम्चीको भ्रमण गरेकी थिइन् ।

त्यति मात्रै होइन बिना मगरले  मेलम्चीको भ्रमणका बेला आफू निकटका पूर्वमाओवादी नेता कार्यकर्तालाई लगेर लोकल कुखुराको भोलेको मासु र भात खुवाएकी थिइन् ।

त्यस बेला बिना मगरले २५ दिनमा मेलम्चीको पानी सुन्दरीजलमा खस्छ भन्दै दशैंअघि उपत्यकाका उपभोक्ताको धारामा पानी आउने बताएक थिइन् । मेलम्चीको पानीलाई लिएर उनले ठूलो राजनीति गरेको धेरैको आलोचना छ ।

दशैं आइपुग्यो, तर काठमाडौंबासीको तिर्खा दशैंअघि मेलम्चीको पानीले मेटाउने मन्त्रीको वाचा पूरा भएन, अधुरै रह्यो । बरु पानी आउने भाका थप दुई महिना सारिएको छ । आखिर मन्त्रीले गरेको मेलम्चीको पानी दशैंअघि नै आउने वाचा किन पूरा भएन ? आश्वासन अनुसार किन उपत्यकाबासीको धारामा पानी खसेन ?

स्रोतका अनुसार, मेलम्चीको पानीबारे मन्त्रीले दिएको आश्वासन पूरा नहुनुमा यतिबेला अरुभन्दा पनि मन्त्री बिना मगर स्वयं धेरै जिम्मेवार छिन् ।

मेलम्ची खानेपानी कहिलेसम्म आइपुग्छ भन्ने पाटो प्राविधिक भएकाले यो उनीहरुसँग सम्बन्धित विषय हो । प्राविधिक विषय भएकाले विषयविज्ञसँगको सल्लाहका क्रममा बिना मगरले यसबारे अभिव्यक्ति दिन सक्थिन् ।

मन्त्री बिना मगरले मेलम्चीलाई नजिकबाट नियालेका विज्ञहरुसँग सल्लाह गर्ने गरेकी छैनन् । आफ्ना सचिवालयमा रहेका प्रविविधबारे ज्ञान नभएकाहरुसँग उनी बढी भर पर्ने गरेको मन्त्रालयले जनाएको छ ।

सचिवालयका सदस्यको भर परेर मन्त्री बिना मगरले पछिल्लो समय दशैंअघि नै मेलम्ची काठमाडौं आइपुग्ने घोषणा गरेको मन्त्रालयका एक उपसचिवले बताए ।

ती उपसचिवका अनुसार, सचिवालयमा रहेका सदस्यले प्राविधिकविनै गरेको अनुगमनपछि दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आइपुग्न सम्भव रहेको हावादारी ब्रिफिङ मन्त्रीलाई गरेका थिए ।

त्यही ब्रिफिङमा भर परेर मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आइपुग्ने वाचा गर्दा उनी बेस्सरी चुकेको चर्चा मन्त्रालयतिर चल्न थालेको छ ।

मेलम्ची दशैंअघि ल्याउने वाचा पूरा गर्न नसकेकी मन्त्री विनाको कार्यसम्पादन समेत कमजोर हुने गरेको गुनासो बढ्न थालेको छ । मन्त्रालय स्रोतका अनुसार, खानेपानी मन्त्रालय प्राविधिक मन्त्रालय भए पनि उनले अहिलेसम्म यसलाई ठम्याउन सकेकी छैनन् ।

प्राविधिकहरुसँगको सल्लाहमा अघि बढ्नु हितकर हुने भए पनि उनी आफ्नै सचिवालयका सदस्यसँग भर परेर मन्त्रालयलाई गति दिन चुकेको आरोप उनीमाथि सघन रुपमा पर्न थालेको छ ।

सतही र हावादारी कुरा गर्ने भएकाले उनलाई मन्त्रालय तथा मन्त्रिपरिषद् बैठकमा समेत केटाकेटी मन्त्रीको संज्ञा दिन थालिएको छ ।

सस्तो लोकप्रियताका लागि चर्चा कमाउन मन्त्री बिना मगरले भिडियो बनाउने, फेसबुकमा बुस्ट गर्ने, आफ्नो गुणगान गरिएका समाचार सामाजिक सञ्जालमा सेयर गर्ने गरेको आरोप आफ्नै दलका कार्यकर्ताले लगाउन थालेका छन् ।

भिडियो बनाउन बिना मगरले कहाँबाट पैसा लयाएकी हुन् खोजबिनको विषय बनेको छ ।