४ कार्तिक २०८३, बुधबार

‘ए’ डिभिजन लिग : अन्तिम मिनेटमा गोल खाएपछि संकटासँग सरस्वती पराजित

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले सरस्वती युथ क्लबलाई हराएको छ ।

आइतबार सातदोबाटोमा भएको खेलमा संकटाले सरस्वती युथलाई १-० ले पराजित गरेको हो । खेलको अन्तिम मिनेटमा संकटाका लागि लक्ष्मण रुचालले गोल गरे । निर्धारित समयमा कुनै पनि गोल हुन सकेको थिएन । तर, थपिएको समयमा संकटा हावी भयो । जितसँगै संकटाको तीन अंक भएको छ ।

शनिबार भएको पहिलो चरणको लिगको पहिलो खेलमा आर्मी र एनआरटीले २-२ गोलको बराबरी खेलेका थिए ।

यससँगै अंक तालिकामा संकटा शीर्षस्थानमा पुगेको छ । त्यस्तै आर्मी र एनआरटीको समान एक/एक अंक छ ।