२ कार्तिक २०८३, सोमबार

यस कम्पनीको हकप्रदमा नबिकेको ३७ हजार बढी कित्ता सेयर असोज १९ देखि लिलामीमा आउने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । सिद्धार्थ इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको सेयर लिलाममार्फत बेच्ने निर्णय गरेको छ । इन्स्योरेन्स कम्पनीले ३७ हजार २१६ कित्ता सेयर लिलामी गर्न लागेको हो ।

संस्थापक समूहतर्फ ७९९ र सर्वसाधारणका लागि ३६ हजार ४१७ कित्ता सेयर लिलामी गर्न भएको हो । गत असार १७ देखि साउन २० गतेसम्म कम्पनीले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउन २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमा ३७ हजार २१६ कित्ता बिक्री भएको थिएन् ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार लिलामीको सेयरमा असोज १९ देखि २६ गतेसम्म पाइने छ । लिलामीका लागि कम्तीमा १०० सेयरका लागि आवेदन दिनुपर्नेछ । यसको न्यूनतम मूल्य पनि सय रुपैयाँ नै राखिएको छ ।