२ कार्तिक २०८३, सोमबार

कालिजलाई गोली ठोक्न जाँदा आफ्नै शिकार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरिकोट, १० माघ । घर नजिककैको जङ्गलमा कालिज मार्न गएका दोलखाको मिर्गे गाविस वडा नं ९ स्थित यार्साका २५ वर्षीय युवक चन्द्रबहादुर खत्रीको भरुवा बन्दुकको गोली लागी शुक्रबार राति मृत्यु भएको छ ।

खत्री राति अबेरसम्म घर नआएपछि उनका श्रीमतीसहित गाउँलेले उनको खोजीमा जाने क्रममा खत्रीलाई जङ्गलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी अजय केसीले जानकारी दिनुभयो । उनको छातीमा गोली लागेको अवस्थामा रुखको फेदमा खत्रीलाई भेटिएको जनाइएको छ । घटना राति ८ बजेतिर घटे पनि प्रहरीलाई १ः३० बजेमात्र जानकारी भएको र तत्कालै डिएसपी केसीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेका थिए ।

घटनास्थलमा प्रहरीले मृतकको साथबाट एउटा पड्किसकेको भरुवा बन्दुक र गुलेली फेला पारेका छन् । एक्लै सिकार गर्न गएका खत्रीको छातीमा गोली लागेको घटना शङ्कास्पद भएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।