कपिलवस्तु, १४ असोज । कपिलवस्तु प्रहरीको लापरवाहीका कारण सीमा नाकाहरुबाट भन्सार छलेर रातिको समयमा खाद्यन्न तस्करी हुने गरेको खुलासा भएको छ ।
कपिलवस्तुको रंगपुर नाकाबाट भारत सरकारले आफ्ना नागरिकलाई सहुलिएतमा वितरण गरेको चामल राजश्व नतिरी निर्वाधरुपमा नेपाल भित्रिरहेको हो । भारतबाट नेपाल तस्करी हुने तस्करसँगको मिलोमतोमा प्रहरीले नै सहयोग गर्ने गरेको आरोप छ ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोजकुमार यादवले जिल्लाको कमाण्ड सम्हालेसँगै घुसको पैसामा दोब्बर भएको व्यापारीहरूले यसअघि आरोप पनि लगाएका थिए ।
चालम व्यापारीहरूलाई एसपी यादवले बोलाएर कपिलवस्तु प्रहरीले पैसा माग गरेको पीडितहरूले दैनिक नेपाललाई उपलब्ध गराएको भिडियोमा पनि उल्लेख थियो । त्यही रिपोर्टलाई मात खुवाउने गरेर कपिलवस्तुमा प्रहरीकै संरक्षणमा चामल तस्करी भएको छ ।
सीमा पारीसम्म ट्याक्टरमा ल्याउने र सीमा वारी भरियाहरु प्रयोग गरी नेपाल भित्र्याउने गरेको स्रोतले जनाएको छ । भरियाहरुले सामान व्यापारीलाई बुझाउने गर्छन् ।
प्रहरीकै संरक्षणमा सीमा नाकामा नै नेपालका व्यापारीहरुले गोदाम राखेका छन् । चामल गोदामसम्म पु-याउँछन् र नक्कली प्यान बिल बनाएर चालम बिक्री वितरण हुँदै आएको छ ।
चामल बाहेक, मेसिनरी सामान, लत्ता कपडासमेत तस्करी हुने गरेको स्थानीय बताउँछन् । नाकासँगै रङपुर प्रहरी चौकी भएपनि प्रहरीले अबैध असुली गरेर खाद्यान्न तस्करहरुलाई संरक्षण गर्ने गरेको आरोप छ ।
कृष्णनगर भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले रंगपुर नाकामा भन्सार कार्यालयको कुनै संंरचना तथा नियमान नभएको बताए । उनले त्यहाँबाट कुनै पनि सामान ओसार पसार गर्न नपाइने बताएका छन् । यदि ओसारपसार भएको भए चोरी पैठारीका रुपमा प्रहरीले नियन्त्रण गर्नुपर्ने बताए ।
प्रहरीसँगको मिलोमतोमा चामलसहितका खाद्यान्न भारतबाट नेपालतर्फ तस्बिर भएपछि कपिलवस्तु प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ । रंगपुरका चामल व्यापारीले प्रहरीलाई प्रत्येक महिना पैसा बुझाउने गरेका छन् ।















प्रतिक्रिया