२ कार्तिक २०८३, सोमबार

मोरङमा छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १० माघ । मोरङमा छुट्टाछुट्टै दुर्घटनामा शुक्रबार साँझ एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारीमा पूर्वबाट आइरहेको को १ त ८९३९ नंको ट्रयाक्टरमा सोही दिशाबाट आइरहेको मे ३प ८४१४ नंको मोटरसाइकलले ठक्कर दिएपछि सो मोटरसाइकलको पछाडि सवार इलाम महमाई–२ का अरुण राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगरस्थित न्युरो अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक मोरङ रमिते–७ का टेकबहादुर राईको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचारको भइरहेको छ । ट्रयाक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।

त्यसैगरी कोसीहरैंचा–३ स्थित राजमार्गमा मालवाहक ट्रकको ठक्करबाट एक ठेला सञ्चालक गम्भीर घाइते भएका छन् । ना २ ख २७०२ नंको ट्रकको ठक्करबाट स्थानीयवासी भरत साह गम्भीर घाइते भएपछि उनलाई न्युरो अस्पतालमा भर्ना गरिएको छ । रासस