
काठमाडौं, १३ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेल बराबरीमा टुंगिएको छ ।
शनिबार सातदोबाटोमा विभागीय टोली त्रिभुवन आर्मी र एनआरटी भिडेका थिए । एनआरटीसँग आर्मी २-२ गोलको बराबरीमा रोकिएको हो ।
आर्मीका लागि दुवै गोल सन्तोष तामाङले गरे भने एनआरटीका लागि रोजित पुडासैनी र राजेश परियारले समान एक/एक गोल गरे ।
एनआरटीका लागि खेलको १२ औं मिनेटमा रोजित पुडासैनीले खोलको खाता खोलेका थिए । तर, खेलको ३८ औं मिनेटमै आर्मीका लागि सन्तोषले पेनाल्टीमा गोल गर्दै १-१ को बराबरीमा ल्याएका थिए ।
खेलको ६४ मिनेटमा राजेशले गोल गरेपछि एनआरटी २-१ अवस्थामा पुगेको थियो । तर, आर्मीका लागि सन्तोष तामाङले इन्जुरी समयमा गोल फर्काएपछि खेल २-२ को बराबरीमा सकियो ।
आइतबार सरस्वती युथ क्लब र संकटा क्लबबीच भिडन्त हुनेछ ।















प्रतिक्रिया