
काठमाडौं, १३ असोज । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको पत्रकार ऋषि धमलाको नेपाली कथानक चलचित्र ‘अनुराग’ हेर्न शनिबार नेपाल सरकारका मन्त्रीहरु कुमारी हलमा पुगेका छन् ।
कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी धमलाद्धारा निर्मित चलचित्र ‘अनुराग’ हेर्न कुमारी हल पुगेका हुन् ।
पत्रकारले मुभी बनाउनु खुशीको खबर भएको बताउँदै मन्त्रीद्धयले आफूहरु धमलाले बनाएर र त्यसमा पनि धमलाकी पत्नीको मुख्य भूमिका रहेको थापा पाएर हेर्न आएको संक्षिप्त प्रतिक्रिया दिए ।

मन्त्री खनालले चलचित्रले युवा पुस्ताको मन जित्ने बताए । उनले चलचित्रमा समावेश गरिएका गीतहरु अत्यन्तै मिठो रहेको पनि प्रतिक्रिया दिए । सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमती एलिजा गौतम र अभिनेता समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन् ।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन् ।















प्रतिक्रिया