४ कार्तिक २०८३, बुधबार

यू-१९ एसिया कप : भारतसँग नेपाल पराजित

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । यू-१९ एसिया कप क्रिकेटमा नेपाल बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।

शनिबार बंगलादेशको सभारमा भएको खेलमा भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ चलेन । नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनायो ।

नेपालका लागि कप्तान आशिफ शेखले सर्वाधिक २५ रना बनाए । त्यस्तै रोहितकुमार पौडेलले २४ रन बनाउँदा सन्दिप जोराले २० रन जोडे । यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओ‌भरमा ९ विकेटको क्षतिमा ३०४ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका भीम सार्कीले सर्वाधिक ४ विकेट लिँदा रसिद खानले २ विकेट हात पारे ।