
काठमाडौं, १३ असोज । लमजुङको मस्र्याङदी गाउँपालिकाका बाढिपहिरो पीडितले हङकङबाट सहयोग पाएका छन् । लमजुङ सेवा समिति हङकङले गत भदौ २७ गते आएको बाढि पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
मृतकका परिवारलाई प्रतिपरिवार १०/१० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको समितिले जनाएको छ । मस्र्याङ्दी गाउँपालिका ३ तरापुका अतिरुपा थापा, उनकी नातिनी शिरस थापा, विष्णुकली घले, तुलसीप्रसाद तामाङ र गणेशमाया गुरुङको बाढीका कारण मृत्यु भएको थियो ।
लमजुङ सेवा समिति हङकङका सचिव सुरेन्द्रमान घले, सम्पर्क समिति लमजुङका संरक्षक जमिन्द्रमान घले र सदस्य मिना गुरुङले संयुक्त रुपमा मृतकका परिवारलाई रकम हस्तान्तरण गरे ।
यस्तै समितिले मस्र्याङदी गाउँपलिकाको विपद् व्यवस्थापन कोषलाई समेत ५० हजार रुपैयाँ सहयोग गरेको छ ।












प्रतिक्रिया