२ कार्तिक २०८३, सोमबार

नेप्से : कारोबार रकम २६ प्रतिशतले बढ्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । यस साता नेपाल स्टक एक्सचेन्जमा कारोबार रकम वृद्धि भएको छ । स्टक एक्सचेन्जका अनुसार कारोबार रकम गत साताको भन्दा २६.०२ प्रतिशतले वृद्धि भएको हो । यस साता १८९ कम्पनीको कारोबार भएको छ । जस अनुसार ३२६०२ कारोबारबाट तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ बराबरका एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

यस साता कारोबार रकम (२३ करोड ३६ लाख १० हजार रुपैयाँ) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (३० लाख ८५ हजार कित्ता) को आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१८२७ वटा) को आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।