८ कार्तिक २०८३, आइतबार

कस्तो रणनीति बनाउँदैछ एमाओवादी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi_Maoist-Office

काठमाडौं, १० माघ । प्रमुख विपक्षी दल एकीकृत नेकपा माओवादीले आफ्नो मोर्चामा आबद्ध दलहरुसँग शनिबार बिहानदैखि छलफल थालेको छ ।

संविधानसभा भित्र र बाहिर रहेका दलहरुसँग एमाओवादीले छुट्टाछट्टै छलफल थालेको हो । संविधानसभामा अध्यक्षले आइतबारको बैठकबाट निष्कर्ष निस्कने भन्दै पेलेर जाने संकेत गरेकाले एमाओवादी रणनीतिमा लागेको हो । शुक्रबारको बैठकले माघ ८ मा संविधान जारी हुन नसकेका कारण अब नयाँ कार्यतालिका बनाइनुपर्ने र त्यसका लागि दलहरुबीच समझदारीको पहल गर्ने एमाओवादी मोर्चाले यसअघि निर्णय गरिसकेको छ ।

यसैगरी, संविधानसभाको अवरोध अन्त्यका लागि वार्ताको पहल गर्ने पक्षमा एमाओवादी देखिएको छ ।