
काठमाडौं, १२ असोज । शुक्रबार एसिया कप क्रिकेटको फाइनल हुँदैछ । फाइनलमा आज साँझ साबिक विजेता भारत र बंगलादेश भिड्दैछन् ।
युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । आजको खेल भारतले जितेर उपाधि यात्रामा विराम लगाउन चाहँदैन । त्यस्तै बंगलादेशको पनि लक्ष्य उपाधिमै हुनेछ ।
भारत अहिले निकै फर्ममा देखिएको छ । उसले ३ खेलमा दुईमा जित हासिल गरेको छ भने एक बराबरी खेल्यो । उता बंगलादेश सुपर चारमा भारतसँग पराजित भएको थियो ।
आजको खेल भारतले आफ्नो पक्षमा पारेमा उ सर्वाधिक सातौं पटक च्याम्पियन बन्नेछ । भारतलाई एसियामा हावी हुन आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेश पनि भारतलाई हराएर गतिलो बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।
त्यस्तै बलियो प्रतिद्वन्द्वी भारतलाई हराएर बंगलादेश एसिया कपको उपाधिमा डेब्यू गर्न चाहन्छ ।















प्रतिक्रिया