५ कार्तिक २०८३, बिहिबार

कपिलको शोमा फर्किन सक्छन् सुनिल ग्रोवर !

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरको जोडी कुनै बेला हिट थियो । तर, उनीहरुबीच आपसी खटपट भएपछि दुवै यता न उताका भएका थिए । यसैबीच एकपटक पुन: सानो पर्दामा कपिल शर्माको शोमा सुनिल ग्रोवरले एन्ट्री मार्न सक्ने भारतीय सञ्चारमाध्यम हिन्दी डट न्यूज ट्वान्टी फो अनलाइनले उल्लेख गरेको छ ।

सुनिल ग्रोवर यतिबेला आफ्नो आगामी फिल्म ‘पटाखा’को प्रमोशनमा व्यस्त छन् । यसै क्रममा एक अन्तर्वार्तामा उनले कपिलसँगको सम्बन्धबारे प्रश्न गरिएको थियो । उनले जवाफमा पुराना कुरा भुलेको बताएका थिए ।

उनले स्पष्टसँग भनेका थिए कि कपिलसँग मिलेर एक ठूलो शो पनि गरिएको थियो । र, दुवै मिलेर हँसाएका पनि थिए । उनले कपिलसँग भविष्यमा काम नगर्नेबारे अस्वीकार गरे । यसले उनीहरुबीचको मनमुटाव लगभग अन्त्य भइसकेको बताउन थालिएको छ । अब यी दुई मिलेर सँगै कमेडी गर्न सक्ने वातावरण समेत बनेको बताइएको छ ।