
काठमाडौं, ११ असोज । पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डो आवद्ध क्लब ‘युभेन्टस’ सिरी ए लिगको शीर्षस्थानमा रहन सफल भएको छ ।
बुधबार युभेन्टसले बोलोग्नालाई २-० ले पराजित गरेसँगै अंकतालिकको शीर्षस्थानमा रहेको हो । यो उसको लिगमा लगातार छैटौं जित हो ।
युभेन्टसलाई घरेलु मैदानमा जित दिलाउन पाउल डिबला र ब्लेइस माटुइडीले समान एक-एक गोल गरे ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएपनि युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।
युभेन्टसको अंक १८ पुगेको छ भने दोस्रो स्थानमा रहेको नेपोलीको अंक १५ छ ।















प्रतिक्रिया