झापा, ९ माघ । दलहरुले माघ ८ मै संविधान ल्याउँछन् भनी आफ्नै छिमेकीसँग गरेको बाजी हारेपछि झापामा एक व्यक्तिले आत्महत्या गरेका छन् ।
माघ ८ मा नै संविधान जारी गर्ने विषयलाई लिएर छिमेकीहरुसँग संविधान जारी हुन्छ भन्दै बाजी राखेका गोलधाप–१ निवासी ६५ वर्षीय विष्णुप्रसाद उप्रेतीले झुन्डिएर आत्महत्या गरेका हुन् ।
गोलधाप प्रहरी चौकीका इन्चार्ज केदार कार्कीका अनुसार, काँग्रेस र एमालेले जसरी पनि माघ ८ मा संविधान जारी गर्छन् भन्दै उनले छिमेकीसँग बिहीबार दिउँसो बाजी राखेका थिए । तर, संविधान निर्माण नभएपछि उप्रेतीले बिरक्तिएर आत्महत्या गरेको हुनसक्ने इन्चार्ज कार्कीको भनाइ छ ।
आत्महत्या गर्नुअघि उप्रेतीले कुनै ‘सुसाइड नोट’ भने नलेखेको कार्कीले बताए ।
















प्रतिक्रिया