२१ कार्तिक २०८३, शनिबार

सहकारीबाट नौ लाख चोरी गर्ने ३ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १० असोज । पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा रहेको जन एकता सहकारी संस्था लिमिडेटबाट नौ लाख १४ हजार चोरी गर्ने तीनजना पक्राउ परेका छन् । दुई युवती र एक युवक मिली चोरी गरेका उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २० वर्षीया अन्जली गुरुङ, पोखरा महानगरपालिका–७ एयरपोर्ट बस्ने २२ वर्षीया बिनिता गुरुङ र सोही महानगरपालिका–६ गौरीघाट बस्ने १८ वर्षीय कमल ठगुन्ना रहेका छन् ।

भदौ ३१ गते चोरी गरेर फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा पोखरा महानगरपालिका–६ बुलौदीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ५ लाख ३८ हजार ८० रुपैयाँ बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।