२१ कार्तिक २०८३, शनिबार

गोदावरी राजधानी सिफारिस भएपछि धनगढीमा आन्दोलन

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० असोज । आफ्नो ठाउँमा राजधानी नतोकेको विरोधमा कैलालीको धनगढीका वासिन्दाले बुधबार प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् ।

संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा प्रदर्शन गरिएको हो ।

राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा भू–माफिया र वन तस्करसँग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखिएको धनगढीवासीको आरोप छ ।

प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो ।

समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका ४ तेघरी र प्रदेशको नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।