५ कार्तिक २०८३, बिहिबार

आधुनिक गीत ‘तिमी बिनाको जीवन…’को म्युजिक भिडियो रिलिज

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एरेञ्जर सुदीप सागर र बसन्तश्री सागरले ‘तिमी बिनाको जीवन…’को आधुनिक गीत ल्याएका छन् ।

बसन्तको संगीत र स्वर रहेको यो गीतका शब्द सुवास विकले लेखेका हुन् । म्युजिक भिडियोलाई युट्युवबाट रिलिज गरिएको छ । सुदीपले आफ्नै युट्यव च्यालनमार्फत गीतलाई प्रमोट गरेका छन् ।

नेपाली फिल्म, आधुनिक र लोक तथा दोहोरी गीतको एरेञ्ज गर्दै आएका सुदीपले गीतलाई राम्रो बनाएको बताए । यो गीतलाई केटीको स्वरमा पनि रेकर्ड गरिनेछ ।

वीरेन्द्र भट्ट ‘विपिन’ले म्युजिक भिडियोलाई निर्देशन गरेका छन् । भिडियोको छायाँकन महेश महराले गरेका हुन् ।