काठमाडौं, ९ माघ । सिँचाईमन्त्री नारायणप्रसाद साउदले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अघि सारेको प्रस्ताव मध्यमार्गी एवम् सहमतिको लागि उपर्युक्त विकल्प भएको उल्लेख गर्दै काँग्रेसले त्यसको समर्थन गरेको बताउनुभएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री साउदले गच्छदारले अघि सारेको प्रस्ताव संविधान जारी गर्नका लागि मध्यमार्गी प्रस्ताव भएकाले आफ्नो पार्टीले त्यसको समर्थन गरेको स्पष्ट पार्नुभयो ।
एमाओवादीले रुसमा लेनिनले संविधान लेखनमा अपनाएको शैली अहिले अपनाइरहेको भन्दै यस्तै शैली कायम राखे छिट्टै राजनीतिक मूलप्रवाहबाट एक्लिने सम्भावना रहेकोबताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हिजो संविधानसभाबाट संविधानन आउनुमा सबैभन्दा बढी दोषी एमाओवादी र मधेशवादीदलहरु नै हुन्, प्रक्रिया अवरुद्ध गरेर एमाओवादीले संविधानसभाबाट संविधान जारी गर्न चाहेको छैन, बरु उसले त संविधानसभा बाहिरबाट संविधान बनाउन चाहेको छ ।’
कार्यक्रममा मन्त्री साउदले गायिका भगवती उप्रेतीको सांगीतिक कोसेली दुख्छ मुटु कुटुक्क नामको गीति एल्बम विमोचन गर्नुभयो ।
















प्रतिक्रिया