४ कार्तिक २०८३, बुधबार

अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको फड्को : ३० हजार अमेरिकी डलरमा टी–१० लिग खेल्ने

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने टी–१० क्रिकेट लिगमा छनोट भएका छन् ।

आगामी नोभेम्बरमा आयोजना हुने १० ओभरको फर्म्याटमामा सन्दीप केरला किंग्सका लागि छनोट भएका हुन् । केरला किंग्सको कप्तान ओइन मोर्गन हुन् । केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलर अर्थात झण्डै ३५ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको बताइएको छ ।

उनको टिममा वेस्ट इंडिजका विस्फोटक ब्याट्सम्यानद्वय क्रिस गेल र किरण पोलार्ड पनि छन् । त्यस्तै जुनैद खान र अलराउण्डर टम कुरान जस्ता स्टार क्रिकेटर उनको टिममा रहेका छन् ।

यस टी–१० लिगमा ६ टिमले सहभागिता जनाउने छन् । जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स र नर्थर्न वारियर्सले लिगमा सहभागिता जनाउनेछन् ।

इन्डियन प्रिमियर लिग (आइपीएल)मा २० लाख भारुमा अनुबन्ध भएका सन्दीपले त्यसपछि ग्लोबल टी–२० क्यानडामा ४० हजार अमेरिकी डलर अर्थात नेपाली ४३ लाख २० हजारमा खेलेका थिए । त्यसलगत्तै क्यारेवियन प्रिमियर लिगमा (सीपीएल) ५ हजार अमेरिकी डलर अर्थात ५ लाख ४० हजारमा खेलेका थिए ।

सन्दीप अफगानिस्तानप्रिमियर लिग (एपीएल) १५ हजार अमेरिकी डलर अर्थात १७ लाख २५ हजारमा अनुबन्ध भइसकेका छन् ।