
काठमाडौं, ९ असोज । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा मंगलबार विपरित दिशाबाट आएका यात्रुबाहक माइक्रो र मिनिबस एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने ९ घाइते छन् ।
दमौलीबाट पोखरा तर्फजाँदै गरेको बा३ख ४४४२ नम्बरको माइक्रोबस विपरित दिशातर्फ आउँदै गरेको लु१ख ४१९४ नम्बरको मिनीबस एकआपसमा ठक्कर खाँदा व्यास– ११ घर भई भादगाउँ बस्दै आएकी ३४ वर्षीया सरस्वती कुवँर र व्यास–४ की ५० वर्षीय चिजामाया श्रेष्ठको मृत्यु भएको हो । उनीहरूको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
m दुर्घटनामा माइक्रो बसका चालक तुलबहादुर विकसहित ९ जना घाइते छन् । घाइते मध्ये व्यास–२ की ८० वर्षीय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनाका अन्य घाइतेको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।












प्रतिक्रिया