काठमाडौं, ९ असोज । बुहारीलाई जथाभावी फेसबुकबाट टिप्णी गरेको अभियोगमा नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्का पक्राउ परेका छन् ।
खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले बताए ।
खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लील गालीगलौज गरेको म्यासेज पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भाईबुहारी समुना खड्काले दिएको साईबर अपराधविरुद्धको जाहेरीका आधारमा पूर्व डिएसपी खड्कालाई नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए ।
नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र उनको भाईबुहारीको बीच विगत पाँच वर्षदेखि अंश मुद्धा चलिरहेको छ । खड्कालाई नेपालगञ्जबाट आईतबार नियन्त्रणमा लिएर काठमाडौं ल्याएको छ ।















प्रतिक्रिया