
काठमाडौं । भारत, नेपाल लगायतका दक्षिण एसियामा बलिउडको हाराहारीमा दक्षिण भारतीय फिल्म हेरिन्छन् । दक्षिण भारतीय फिल्महरु रिमेक गरेर बलिउडमा सुपरहिट फिल्ममा पनि आएका छन् । यस्तै दक्षिण भारतीय फिल्मका स्टारहरुको फ्यान फलोइङ पनि बलिउडको भन्दा बढी छ । यसैबीच आज हामी साउथ इंडियनस्टार महेश बाबुबारे चर्चा गर्नेछौं ।
महेश बाबु फिल्मी ब्याकग्राउंडबाट आएका हुन् । तर, फिल्मका लागि उनले अत्यन्तै मेहनत गरे । आज उनलाई दक्षिण भारतमै सबैभन्दा बढी कमाउने अभिनेताको रुपमा लिइन्छ । बताइएअनुसार महेश बाबु एउटा फिल्म खेलेको २५ करोडभन्दा बढी लिन्छन् । महेश बक्स अफिसमा सुपरस्टार रजनीकान्तलाई टक्कर दिन्छन् ।
महेश बाबुले बाल कलाकारको रुपमा कम्तीमा आठ वटा फिल्म खेले । उनले सन् १९९९ मा मुख्य भूमिकामा फिल्म क्षेत्रमा पाइला राखे ।
महेश बाबुको सम्पति लगभग एक अर्ब ३३ करोड भारु रहेको बताइएको छ ।















प्रतिक्रिया