५ कार्तिक २०८३, बिहिबार

दशैँ गीत ‘जहाजै चढेर’मा प्रकाश र सीमाको जोडी (भिडियो)

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार प्रकाश सापकोटा म्युजिक भिडियोमा रमाउन थालेका छन् । म्युजिक भिडियोहरूमा सापकोटाको अभियन प्रसस्त देख्न पाइन्छ ।

दशैँ गीत ‘जहाजै चढेर’ बोलको गीतमा सापकोटाले दमदार अभियन गरेका छन् । भिडियोमा सापकोटालाई सीमा ढकालले साथ दिएकी छिन् । कलाकारितामा लागेर राम्रो पहिचान बनाउँदै गरेका सापकोटाले भने, ‘कलाकार बन्ने रहर त पहिला देखिकै हो । अहिले सपना पूरा गर्ने मौका मिल्दैछ ।’

घरको पीडालाई साथमा लिएर विदेश गएको पतिको भूमिका भिडियोमा सापकोटा देखिएका छन् । म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् ।

सप्तऋषि म्युजिकले बजारमा ल्याएको दशैँ गीतमा रमेश बिजीको शब्द, रमेश खड्काको संगीतरहेको छ ।