८ कार्तिक २०८३, आइतबार

रणनीति बनाउँदैछ एमाओवादी, प्रचण्ड र गच्छदारको एउटै धारणा आउला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madeshi-Morcha

काठमाडौं, ९ माघ । एमाओवादी नेतृत्वमा रहेको विपक्षी दलहरुको मोर्चा बिहानैदेखि संविधानसभामा आगामी रणनीति बनाउन व्यस्त छ ।

संविधानका विवादित विषय र सत्तापक्षले लिन खोजेको प्रक्रियाका विषयमा रणनीति बनाउन विपक्षी मोर्चा आन्तरिक गृहकार्यमा जुटेको हो । मोर्चाका घटकहरुबीच छलफलका लागि बिहान सिंहदरबारमा बैठक बोलाइएको छ ।

बैठकमा मोर्चाका नेताबीच देखिएको खटपट र असमझदारीका विषयमा पनि छलफल हुनेछ । सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले बिहीबार प्रमुख दलको बैठकमा राखेको प्रस्ताव एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेपछि मोर्चामा पनि चिसोपना बढेको छ ।

गच्छदारले शासकीय स्वरुपमा आलोचनात्मक समर्थन गर्दै कांग्रेस–एमालेको प्रस्तावलाई स्वीकार गर्ने प्रस्ताव गर्नुभएको थियो । यसैगरी, प्रदेश संख्या ६ देखि ९ बनाउँदै भूगोल, सिमांकन र नामाङ्कनका लागि दुई महिना समय थप गर्ने प्रस्ताव गर्नुभएको थियो । तर, त्यसलाई प्रचण्डले अस्वीकार गर्नुभएको थियो ।