
काठमाडौं, ७ असोज । धितोपत्र बजारमा अाइतबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।
आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २.६१ अंकले बढेर एक हजार २५७.६८ अंकमा पुगेको नेपाल स्टक एक्चेञ्जले जनाएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ अंकले बढेर २६६.९१ अंकमा पुगेको छ ।
आइतबार १६७ कम्पनीको सेयर कारोबार भयो । ५५ लाख ४९ हजार ६२१ कित्ता सेयर ६९ करोड ३६ लाख ६१ हजार २५६ मूल्यमा किनबेच भएको छ ।















प्रतिक्रिया